दफा २८
बचाउ
(१) यो ऐन लागू हुनु अघि नेपाल स्काउटको नामबाट भए गरेका सबै काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(२) राष्ट्रिय परिषद् र राष्ट्रिय कार्यकारी समिति गठन नभएसम्मको लागि उक्त परिषद्हरूले गर्नु पर्ने काम कारबाही यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाल स्काउटको कार्यकारी समितिले गर्नेछ ।