दफा १३
बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय तयार गर्न नहुने
(१) कर्जाको धितो स्वरुप बैंक वा वित्तीय संस्थामा राखिने चल अचल सम्पत्ति वा गैर बैंकिंग सम्पत्तिको रुपमा रहेको बैंक वा वित्तीय संस्थाको चल वा अचल सम्पत्ति लिलाम बिक्री वा बैंक वा वित्तीय संस्थाको अन्य प्रयोजनको लागि मूल्याङ्कन गर्दा सम्बन्धित मूल्याङ्कनकर्ताले बढी, कम वा गलत मूल्याङ्कन गर्नु हुँदैन । (२) मूल्याङ्कनकर्ताले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको सम्पत्तिको मूल्याङ्कन गर्नु हुँदैन । (३) बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सुविधा प्राप्त गर्ने प्रयोजनका लागि कुनै व्यक्ति, फर्म वा कम्पनी वा संस्थाले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण तयार गर्न वा गर्न लगाउन हुँदैन । (४) लेखापरीषकले कुनै व्यक्ति वा संस्थाको नेपाल सरकार, विदेशी दातृ निकाय वा अन्य निकायमा पेश गर्ने एउटै मिति वा अवधिको वित्तीय विवरणमा आफ्नो राय तथा व्यहोरा नखुलाई वित्तीय विवरणहरु फरक पर्ने गरी प्रमाणित गर्नु हुँदैन ।