नियम ५९
बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्था

(१) ऐन तथा यस नियमावली बमोजिम कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवाको समायोजनद्वारा पूर्ति हुने पदहरूको निमित्त बढुवा समितिको सचिवालयको काम व्यवस्थापिका–संसद सचिवालयले गर्नेछ ।
(२) बढुवा समितिले राजपत्र अनंकित कर्मचारीको बढुवा गरी पदस्थापनको लागि सिफारिस गर्दा बढुवाको योग्यताक्रम, शैक्षिक योग्यता र अनुभव हेरेर सिफारिस गर्नेछ ।