नियम ७४
बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने
बढुवाको कारबाही गर्दा यस परिच्छेदभित्र नपरेको विषयमा वा सो भित्र परेका विषय भए तापनि नियमले यस्तो गर्ने भन्ने केही संकेत नगरेको विषयमा कुनै अप्रत्याशित कठिनाई आई परेमा वढुवा समितिले ऐन र यस नियमावलीको उद्देश्य प्रतिकूल नहुने गरी आवश्यक व्याख्या वा व्यवस्था गर्न सक्नेछ । त्यस्तो व्याख्या वा व्यवस्था सो बढुवा र त्यसपछिका बढुवा सम्बन्धीकार्यकोलागि यसै नियममा परे सरह मानी कार्यान्वयन गरिनेछ ।