नियम ११क
बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) नियम ११ मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा प्रयोजनको लागि देहायको श्रेणीमा देहाय बमोजिमको पद संख्या कायम रहनेछ –
(क) राजपत्राङ्कित प्रथम श्रेणीमा तीन पद,
(ख) राजपत्राङ्कित द्वितीय श्रेणीमा नौं पद,
(ग) राजपत्राङ्कित तृतीय श्रेणीमा एक्काईस पद र
(घ) राजपत्र अनंङ्कित प्रथम श्रेणीमा चौतीस पद ।
(२) उपनियम (१) मा उल्लेख भए बमोजिमको पदमा बढुवा गर्दा अनुसूची –४ बमोजिमको पदमा कार्यरत एक श्रेणी मुनिका कर्मचारीहरूमध्येबाट ऐनको दफा २४ बमोजिम कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गरिनेछ ।
(३) उपनियम (१) मा उल्लेख भए बमोजिमको कुनै पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र बढुवा सम्बन्धी आवश्यक कारबाहीको लागि मन्त्रालयले लोक सेवा आयोगमा लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम बढुवा गर्दा ऐनको दफा २० बमोजिमको बढुवा समितिको सिफारिसको आधारमा गरिनेछ ।
(५) राजपत्र अनङ्कित चतुर्थ श्रेणीका वहिदार वा सो सरहका कर्मचारीहरू ऐनको दफा ७ को उपदफा (२) बमोजिम राजपत्र अनङ्कित तृतीय श्रेणीमा स्वतः कायम हुनेछन् ।
(६) मन्त्रालयले अनुसूची –५ को क्रम संख्या ५ बमोजिमको शैक्षिक योग्यता पुगेको राजपत्र अनङ्कित तृतीय श्रेणीको मुखिया वा सो सरहको कर्मचारीलाई ऐनको दफा
७ को उपदफा (३) बमोजिम एक श्रेणी माथिको पदमा बढुवा गर्नेछ ।