नियम ७८
बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) ऐनको दफा ३९ बमोजिम कुनै कर्मचारीलाई बढुवा गर्दा राजपत्राङ्कित प्रथम श्रेणी र सो भन्दा माथिको पदमा बढुवा गर्न समितिले र सो भन्दा मुनीको पदमा बढुवा गर्न महासचिवले निर्णय गर्नु पर्नेछ । महासचिवले यस नियम बमोजिम गरेको बढुवाको जानकारी समितिलाई गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा सचिवालय र निजामती किताबखानामा रहेको अभिलेख हेरी कर्मचारीको सेवाको अविच्छिन्नता र उमेर बुझी बढुवा गरी निजामती किताबखानालाई सोको जानकारी दिनुपर्नेछ ।
(३) ऐनको दफा ३९ बमोजिम एक श्रेणी माथिको पदमा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो पदबाट अवकाश लिंदा पाउने सुविधा भन्दा कम नहुने गरी सुविधा प्रदान गरिनेछ ।