नियम ३४
बढुवा सिफारिस उपरको उजुरी र पुनरावलोकन
(१)नियम ३३ बमोजिम सिफारिस भएको बढुवा नामावलीको सूचीमा नाम समावेश नहुने शिक्षकले सो बढुवा निर्णय उपर उजुरी दिन चाहेमा बढुवा नामावली प्रकाशन भएको मितिले ३५ दिन भित्र आयोग समक्ष स्पष्ट आधार र प्रमाणहरू उल्लेख गरी उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन शिक्षकको हकमा प्रधानाध्यापक र प्रधानाध्यापकको हकमा सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले प्रमाणित गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पुनरावलोकन गर्दा पहिले प्रकाशित बढुवा सिफारिसको नामावलीमा संशोधन गर्नु पर्ने देखिएमा सोको निर्णय गरी आयोगले संशोधित बढुवा सिफारिसको नामावली प्रकाशित गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम पर्न आएको उजूरी झुट्टा ठहरिएमा उजूरी पछि हुने बढुवामा त्यस्तो उजूरीकर्ताको पहिलो पटकको उजूरी भए २ अङ्क र दोस्रो पटकको उजूरी भए ३ अङ्क घटाइनेछ ।
(५)उपनियम (४) बमोजिम भएको कारबाहीको सूचना सम्बन्धित शिक्षक तथा सम्बन्धित शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालयलाई दिनु पर्नेछ ।