नियम १३
बढुवा हुन चाहिने न्यूनतम योग्यता
(१) सैनिक हवाई सेवाको पदमा बढुवा हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ ः-
(क) अनुसूची –२ बमोजिमको तालिम पूरा भएको,
(ख) कार्यसम्पादन मूल्याङ्कनमा योग्य देखिएको,
(ग) नियम ९ बमोजिमको शैक्षिक योग्यता भएको,
तर, यो नियम प्रारम्भ हुनु अघि सेवा प्रवेश गरी कार्यरत पाइलट समूहका अधिकृतहरुको हकमा भौतिक विज्ञान वा अन्य विषयमा दस जोड दुई वा सो सरह उत्तीर्ण गरेको भए तापनि यस नियमावली बमोजिम बढुवा गर्न बाधा पर्ने छैन । त्यसै गरी यो नियम प्रारम्भ हुनु अघि: खुला प्रतियोगिताद्वारा सेवा प्रवेश गरी कार्यरत हवाई: सम्भार समूहका अधिकृतहरुको हकमा आई.एस्.सी. वा आई.ई. उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट एयरक्राफ्ट मेन्टेनेन्स बेसिक लाइसेन्स प्राप्त गरेका _ अधिकृतहरुलाई आवश्यक शैक्षिक योग्यता नभए तापनि प्रमुख सेनानीसम्म भर्ना हुँदाको शैक्षिक योग्यताका आधारमा बढुवा गर्न बाधा पर्ने छैन ।
(घ) नियम १५ बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको,
(ङ) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि) उत्तीर्ण गरेको ।
तर कुनै सैनिक कर्तब्य पालनाको सिलसिलामा घाइते भई यस खण्ड बमोजिमको परीक्षामा सहभागी हुन नसक्ने भए पनि सैनिक
नियमावलीको नियम ३७ बमोजिम स्वास्थ्य वर्गीकरणमा योग्य ठहरिएमा निज यस नियमावली बमोजिम बढुवाको लागि योग्य हुनेछ ।
(च) बडीमासईन्डेक्स(बि.एम.आई.)र स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओएस –जी मा दुई वा सो भन्दा कम भएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएको मितिले दुई वर्षसम्म मिड क्यारियर म्यानेजमेन्ट तालिम वा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नलिएको सैनिक बढुवाको लागि उम्मेदवार हुन सक्नेछ ।