नियम २७
बढुवाको निमित्त सम्भाव्य उम्मेदवार बन्न सक्ने
बढुवाको लागि उम्मेदवार हुन सम्बन्धित श्रेणीको तहमा पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेको स्थायी शिक्षक हुनु पर्नेछ ।
तर देहायको अवस्थामा देहायको अवधिभर कुनै पनि शिक्षक बढुवाको लागि उम्मेदवार हुन पाउने छैनः
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का गरिएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा गरेकोमा घटुवा भएको मितिले दुई वर्षसम्म,
(घ) तलब बृद्धि (ग्रेड) रोक्का भएकोमा रोक्का भएको मितिले एक वर्षसम्म ।