नियम १६
बढुवाको लागि आवश्यक शैैक्षिक योग्यता
:(१) सैनिक हवाई सेवाका विभिन्न पदमा बढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यता १३ को उपनियम (१) को खण्ड
(ग) मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) पाइलट समूहका महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेको हुनु पर्नेछ ।
(३) हवाई सम्भार समूहका महासेनानी र सोभन्दा माथिका पदमा बढुवा हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ ।
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत पाईलट समूह र हवाई सम्भार समूहका प्रमुख सेनानी र सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा क्रमशः स्नातक र स्नातकोत्तर उपाधि प्राप्त गरेको नभए तापनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षसम्म माथिल्लो पदमा बढुवा हुन बाधा पर्ने छैन ।