दफा ६१
बदर हुने कारोबारका सम्बन्धमा अदालतको अधिकार
: (१) कुनै कारोबार बदर हुने भएको
कुरामा अदालत सन्तुष्ट भएमा अदालतले देहायको आदेश जारी गर्न सक्नेछ ः-
(क) कम्पनीले त्यस्तो कारोबारका सम्बन्धमा भुक्तानी गरेको सम्पूर्ण वा केही रकम लिक्विडेटरलाई भुक्तानी गर्न सम्बन्धित व्यक्तिलाई आदेश दिने,
(ख) त्यसरी कारोबार भएको जायजेथा वा सो बराबरको मूल्य लिक्विडेटरलाई बुझाउन सम्बन्धित व्यक्तिलाई आदेश दिने,
(ग) त्यस्तो कारोबारको माध्यमबाट कम्पनीले लिएको ऋण, सो ऋणको लागि कम्पनीले दिएको सुरक्षण वा जमानत पूरै वा आंशिकरूपमा छूट वा मुक्त गर्ने आदेश दिने,
(घ) बदर हुने कारोबारको फलस्वरूप कम्पनी र अर्को व्यक्तिबीच भएको माफी, सुंपूवा वा सम्झौता बदर हुने, प्रभावहीन हुने वा कार्यान्वयन हुन नसक्ने आदेश दिने,
(२) उपदफा (१) बमोजिमको आदेश कार्यान्वयन गर्न अन्य कुनै थप आदेश दिनु पर्ने भएमा अदालतले त्यस्तो आदेशसमेत दिन सक्नेछ ।