दफा ६०
बदर हुने कारोबारमा प्रतिरक्षा गर्न सकिने
: सम्वद्ध व्यक्तिले आफ्नो प्रतिरक्षामा देहायका कुरा प्रमाणित गर्न सक्नेछ ः-
(क) कारोबार हुँदाका बखत कम्पनी दामासाहीमा नपरेको,
(ख) कारोबारबाट निजले कुनै लाभ नलिएको,
(ग) कारोबारबाट कुनै लाभ लिँदा कम्पनी दामासाहीमा परेको वा सो कारोबारको कारणबाट दामासाहीमा पर्न सक्छ भन्ने शङ्का गर्नु पर्ने मनासिब कारण नभएको ।