दफा ३०
बयान दिन कर नलाग्ने
स्वास्थ्य संस्था वा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सक तथा उक्त संस्था वा चिकित्सकसंग सम्बन्धित व्यक्तिहरुले यस ऐन बमोजिम संचालन गरेको अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलापको बारेमा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी समक्ष बाहेक अन्यत्र कसैलाई बयान दिन कर लाग्ने छैन ।