दफा १७५
बयान लिई कारबाही, सुनुवाई र किनारा गर्नु पर्ने

कुनै देवानी मुद्दामा प्रतिबादीको प्रतिउत्तरपत्र वा बयानबाट उठेको कानून बमोजिम फौजदारी कायम हुने मुद्दा सोहीमिसिलबाटै पक्षको बयान गराई मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।

तर कानून बमोजिम कुनै खास किसिमका मुद्दा मात्र हेर्ने अधिकार पाएको अदालतले सोही कानून बमोजिमका मुद्दाको मात्रकारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।