नियम ९५
बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
सेवा निवृत्त कर्मचारीले बुझाउनु पर्ने व्यवस्थापिका–संसदको वा सरकारी नगदी, जिन्सी र कागजात नियमानुसार नबुझाएमा त्यसरी नबझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तभरण रोक्का गर्न सकिनेछ । त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने कर्मचारीले पनि तोकिएको समयमै बुझि लिनु पर्नेछ ।