दफा ६६
बरामद भएको माल वस्तु जफत हुने
यो ऐन बमोजिम सजाय हुने कसूर गरेको ठहरिएमा कसूरमा बरामद भएका सबै बोझबाहक, औजार, चौपाया र अन्य साधनहरु जफत हुने छन् ।
तर कसूरदार बाहेक अन्य व्यक्तिको हकमा त्यस्तो व्यक्तिले जानीजानी कसुरदारलाई सघाउ पु¥याउन त्यस्तो बोझबाहक प्रयोग गरेको वा प्रयोग गर्न दिएको अवस्था नदेखिएकोमा वा बिगो पचास हजार रूपैयाँभन्दा कम मोल पर्ने बोझबाहकको हकमा त्यस्तो बोझबाहक जफत नगरी उक्त कार्य गर्नेलाई अन्य दफाले हुने सजायमा पचास हजार रूपैयाँसम्म थप सजाय हुनेछ ।