नियम
बस्ने क्रम
(१) प्रत्येक सदस्यले अध्यक्षद्वारा निर्धारित क्रम र स्थानमा आ–आफ्नो आसन ग्रहण गर्नु पर्नेछ । (२) सहयोगी आवश्यक पर्ने अपाङ्गता भएका सदस्यको हकमा अध्यक्षले निश्चित स्थान र क्रम तोकी निजको लागि निश्चित स्थानमा एकजना सहयोगी व्यक्तिलाई समेत बस्ने अनुमति दिन सक्नेछ ।