दफा ४७
बहस
(१) इजलासले उपस्थित कानून व्यवसायीसँग छलफल गरी बहस गर्नु पर्ने मुख्य बुँदाहरू निर्धारण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको प्रश्नहरूमा सीमित “रही दुवै पक्षका कानून व्यवसायीले बहस गर्नु पर्नेछ।
(३) एक पक्षको एकभन्दा बढी कानून व्यवसायीहरू भएको मुद्वामा कानून व्यवसायीहरू मध्येबाट एकजना कानून व्यवसायीले प्रमुख कानून व्यवसायीको रूपमा र अन्य कानून व्यवसायीहरूले छुटेका अलग-अलग तथ्यगत र कानूनी प्रश्नमा बहस गर्ने गरी व्यवस्थापन गर्नु पर्नेछ।
(४) नियम ४९ बमोजिम इजलासले निर्धारण गरेको बहसको समयको अधीनमा रही प्रत्येक कानून व्यवसायीको बहसको समय लगायत समग्र बहस व्यवस्थापन गर्ने जिम्मेवारी प्रमुख कानून व्यवसायीको हुनेछ।
(५) सम्बन्धित इजलासको अनुमति लिई कानून व्यवसायीले श्रव्यदृश्य संवाद मार्फत बहस गर्न सक्नेछ।
(६) कानून व्यवसायी मुकरर नभएको मुद्दामा पक्षले चाहेमा निजलाई आफ्नो भनाई राख इजलासले अनुमति दिन सक्नेछ।