दफा १५२
बहुमतको निर्णय मान्य हुने
(१) श्रम अदालतको अधिकार क्षेत्रको प्रयोग अध्यक्ष र सदस्यले सामूहिक रुपमा गर्ने छन्।तर अध्यक्ष वा कुनै एक सदस्य अनुपस्थित रहेको अवस्थामा दुई जनाकोइजलासले पनि मुद्दाको कारबाही र किनारा गर्न सक्नेछ।
(२) बहुमत सदस्यको निर्णयलाई श्रम अदालतको निर्णय मानिनेछ ।
(३) दुई सदस्य भएको इजलासमा सदस्यबीच फरकफरक राय भएमा तेस्रो सदस्य समक्ष त्यस्तो राय पेश गर्नु पर्नेछ र तेस्रो सदस्यले समर्थन गरेको रायलाई श्रमअदालतको निर्णय मानिने छ।अध्यक्ष र सदस्यकोराय फरकफरक भएमा अध्यक्षको रायलाई श्रम अदालतको निर्णय मानिने छ ।