नियम ७
बाँकी रकम खर्च गर्ने
विदेशी सरकार, विदेशी कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय संघ संस्था वा निकायसंग वैदेशिक सहायता वा अनुदान सम्बन्धमा भएको सम्झौता बमोजिम प्राप्त रकम र कोषको लागि प्राप्त अन्य रकममध्ये चालू वर्षको अन्त्यसम्ममा खर्च भै बाँकी रहेको रकम अर्थ मन्त्रालयले कोषमै रहने गरी निकासा गरी दिनु पर्नेछ । उक्त रकम सचिवालयको आगामी वर्षको बजेट तथा कार्यक्रममा समावेश गरी खर्च गर्न सकिनेछ ।