दफा ३५
बाँडफाँडको प्रक्रिया
: (१) व्यापारिक उत्पादन दिन र प्रत्येक वर्ष शुरु हुनु अगावै ठेकेदारले आगामी वर्षको उत्पादनको अनुमान विभागमा पेश गर्नु पर्नेछ । ठेकेदारले वास्तविक कार्य सञ्चालनको आधारमा संशोधनको कारण तथा पुष्टयाँई सहित समय–समयमा त्यस्तो अनुमानमा संशोधन पेश गर्न सक्नेछ ।
(२) नेपाल सरकारले जिन्सीमा लिने पेट्रोलियमको परिमाण र हस्तान्तरण तालिकाबारे विभागले ठेकेदारलाई सूचना गर्नेछ र त्यस्तो पेट्रोलियम स्थलको मुख्य संकलन केन्द्रमा वा आपसमा गरेको अन्य केन्द्रमा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
(३) ठेकेदारले करार क्षेत्रमा उत्पादन गरेको पेट्रोलियमबाट आफ्नो भागको पेट्रोलियम स्थलको मुख्य संकलन केन्द्रमा वा आपसमा मञ्जुर गरेको अन्य केन्द्रमा लिनेछ ।
(४) नेपाल सरकार र ठेकेदारले आ–आफ्नो भागको पेट्रोलियम उठाउने सम्बन्धमा उपयुक्त व्यवस्था गर्न मञ्जुर गर्नेछ ।