दफा २२७
बाटाको म्याद हिसाब गर्ने

(१) अदालतले बाटाको म्यादको हिसाब गर्दा यातायातको नियमित सेवा चलेको ठाउँमा रेल वा बसबाट आउँदा वास्तविक लागेकोदिनर त्यस्तो रेल वा बस नचलेको ठाउँको लागि पन्ध्र किलोमिटरको एक दिनको दरले हिसाब गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बाटाको म्याद हिसाब गर्दा पन्ध्र किलोमिटर देखि घटी दुरीलाई एक दिनको म्याद कायम गर्नुपर्नेछ।तर जम्मा पन्ध्र किलोमिटर भन्दा घटी दुरीको बाटोलाई बाटाको म्याद दिइने छैन ।