दफा १९ख
बाटोको म्याद
महान्यायाधिवक्ताले घर बिदामा घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा हाजिर हुन आउँदा वर्षको एकपटक पैदलको बाटोलाई आठकोसको निमित्त एक दिनको दरले तथा मोटर, रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटो म्याद पाउनेछ ।
तर घर बिदामा घर नगई अन्यत्र जान वा बस्नको निमित्त बाटोको म्याद दिइने छैन । बाटो म्याद दिंदा सबैभन्दा छिटो साधनद्वारा सबैभन्दा छोटो बाटोको दिइनेछ र जाँदा आउँदा वास्तविक दिनभन्दा बढी दिइने छैन ।
तर घर बिदामा घर नगई अन्यत्र जान वा बस्नको निमित्त बाटोको म्याद दिइने छैन । बाटो म्याद दिंदा सबैभन्दा छिटो साधनद्वारा सबैभन्दा छोटो बाटोको दिइनेछ र जाँदा आउँदा वास्तविक दिनभन्दा बढी दिइने छैन ।