नियम २०
बाटोको सुविधा

२०. बाटोको सुविधा ः

(१) निकुञ्जभित्र अनुसूची–५ बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घर पालुवा जीवजन्तु हिँडाउन वा सवारी साधन चलाउन संरक्षकले चिन्हपट लगाई तोके बमोजिम बाटोको सुविधा प्राप्त हुनेछ ।

(२) संरक्षकको लिखित अनुमति बिना उपनियम (१) बमोजिमको चिन्हपट लगाई तोकिदिएको बाटो बाहेक अन्य बाटोको प्रयोग गर्न पाइने छैन ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिम हुनेछ ः–

(क) निकुञ्जभित्र पर्ने अनुसूची–६ बमोजिमको साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलमा परम्परागत रुपमा चलि आएको धार्मिक कार्यको लागि पैदल मार्गको अनुमति माग भई आएमा संरक्षकले उक्त क्षेत्रमा जाने बाटो तोकी अनुमति दिन सक्नेछ ।

(ख) निकुञ्जभित्रको अनुसूची–७ बमोजिमको पानीका श्रोत प्रयोग गरी परापूर्वकाल देखि स्थानीयवासीले प्रयोग गर्दै आएको
खानेपानी तथा सिंचाईको मर्मत तथा सम्भारको लागि अनुमति माग भई आएमा संरक्षकले उक्त क्षेत्रमा जाने बाटो तोकी मर्मत तथा सम्भारको लागि प्रवेश गर्न अनुमति दिन सक्नेछ ।

(ग) चिन्हपट लगाई तोकिदिएको कुनै बाटो प्रतिकूल मौसमका कारण बन्द गर्न उपयुक्त ठानेमा संरक्षकले मौसम अनुकूल
नहुन्जेलसम्म बन्द गरी अन्य कुनै बाटो तोक्न सक्नेछ ।