दफा १४१
बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुने

(१) कसैले सार्वजनिक रुपमा प्रयोग हुने सडक वा बाटो, स्थल, भवन, पुल, सुरुङ्ग वा सर्वसाधारणले हिडडुल गर्ने अन्यकुनै ठाउँमा विष्फोटक पदार्थ ओछ्याउन वा राख्न वा कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) राख्नवा त्यस्तो पदार्थ राखी वा धराप ओछ्याई आवागमनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा अवरोधपु¥याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गरेको कारणबाट कसैको जीउ, ज्यान वा सम्पत्तिमा क्षति पुगेमा कसूरदारलाई त्यस बापतयस संहिता बमोजिम हुने सजायमा उपदफा (२)बमोजिमको सजाय थप हुनेछ ।