नियम १५
बार्षिक प्रतिवेदन
ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी, विशेष ओलम्पिक कमिटी र अन्य प्रकृतिका ओलम्पिक कमिटीले प्रत्येक वर्ष आफूले सम्पादन गरेका काम कारबाही र आय व्ययको विवरण तथा परिषद्ले निर्धारण गरेको अन्य विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र परिषद्मा पेश गर्नु पर्नेछ।