नियम १९
बाल अदालतले दिशान्तर गर्न सक्ने
: (१) वाल अदालतले ऐनको दफा २७ बमोजिम कसूरजन्य कार्यको: अभियोग लागेको बालबालिकाको सर्वोत्तम हितको लागि दिशान्तर गर्न मनासिब देखेमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा रहेको भएपनि ऐनको दफा रद को अवस्था विचार गरी दफा २९ को कुनै प्रक्रिया अवलम्बन गर्ने गरी अनुसूची-७ बमोजिसको ढाँचामा दिशान्तरको निर्णय गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम दिशान्तर गर्ने निर्णय गर्दा त्यसको आधार, कारण तथा दिशान्तरको प्रक्रिया, पीडितलाई भएको हानि नोक्सानी बापतको क्षतिपूर्ति, दिशान्तर गरिएको बालबालिका दिशान्तर प्रक्रियामा निरन्तर रहे नरहेको अनुगमन गर्ने प्रक्रिया खुलाइ नियम ९ को उपनियम. (७), (५) र (९) को व्यवस्थाको अधीनमा रही निर्णय गर्नु पर्नेछ ।

(३) ऐनको दफा २७ को उपदफा [१) को खण्ड (ग) को अधीनमा रही उपनियम (१) र (२) बमोजिम गरिएको दिशान्तरको निर्णय उपर चित्त नवुझने पक्षले त्यस्तो निर्णय भएको मितिले तीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।