नियम १३
बाल कल्याण अधिकारीको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बाल कल्याण अधिकारीको अन्य काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बालकहरुको हक हितको संरक्षण तथा बाल कल्याण सम्बन्धी जिल्ला स्तरीय योजना तथा कार्यक्रम तर्जुमा गर्न जिल्ला बाल कल्याण समितिलाई सहयोग गर्ने ।
(ख) जिल्ला बाल कल्याण समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(ग) जिल्ला बाल कल्याण समितिको स्वीकृत कार्यक्रमको आन्तरिक मूल्यांकन गराउने र त्यसको प्रगति विवरणहरु जिल्ला बाल कल्याण समितिको बैठकमा पेश गर्ने ।
(घ) जिल्ला बाल कल्याण समितिको कार्य संचालनको निमित्त आवश्यक स्रोतको खोजी गर्ने र प्राप्त स्रोतहरुको परिचालन गर्ने ।
(ङ) जिल्ला बाल कल्याण समितिको वित्तिय कारोवारको लेखा ठीकसंग राख्न लगाउने ।
(च) जिल्ला बाल कल्याण समितिको सचिव भै काम गर्ने ।
(छ) जिल्ला बाल कल्याण समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने, गराउने ।