नियम १८
बाल कल्याण गृह प्रमुख र प्रशासक
: (१) मन्त्रालयले बाल कल्याण गृहको प्रमुख भई काम गर्न कुनै व्यक्तिलाई बाल कल्याण गृह प्रमुख, बाल सुधार गृह, अनाथालय वा सुस्तमनस्थिति केन्द्रको प्रमुख भई काम गर्न कुनै व्यक्तिलाई प्रशासकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त वा तोकिएको बाल कल्याण गृह प्रमुख वा प्रशासकको पारिश्रमिक सुविधा तथा सेवाका अन्य शर्तहरु मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।