नियम ४०
बालबालिकाको उद्धार र उपचार
(१) बाल सुधार गृहले बालबालिका विरुद्ध कुनै प्रकारका हिंसा भएमा त्यस्तो हिंसाबाट पीडित बालबालिकालाई तत्काल उद्धार गरी आवश्यक स्वास्थ्य उपचार तथा मनोसामाजिक सेवा उपलब्ध गराउनु पर्नेछ ।

(२) बाल सुधार गृहमा रहेका बालबालिका उपर प्रचलित कानूनबमोजिम कसूर ठहर्ने किसिमको हिंसा भएमा कारबाहीको निमित्त सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।