नियम २८
बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषक
बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकको योग्यता देहाय बमोजिम हुनेछः–
(क) नेपाली नागरिक भएको,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कृषिमा स्नातक उत्तीर्ण गरेको वा कृषिमा प्रमाणपत्र तह उत्तीर्ण गरी बीउ बिजन उत्पादनमा कम्तीमा दश वर्ष अनुभव भएको,
(ग) समितिबाट लिइने परीक्षा उत्तीर्ण भएको,
(घ) खण्ड (ख) बमोजिम योग्यता पुगेको निजामती कर्मचारी भए निज सेवारत कार्यालयको स्वीकृति ।