दफा ३८
बाली
धितो दिने व्यक्तिको कब्जामा रहेको अचलसम्पत्ति वा त्यस्तो अचलसम्पत्तिउपर रहेको निजको हकलाई प्रचलित कानूनबमोजिम दर्ता गरी राखेको अवस्थामा त्यस्तो अचलसम्पत्तिमा हुर्की रहेको बालीउपरको परिपक्व धितोको हकले त्यस्तो स्वामी वा बन्धकी लिने व्यक्तिको विवादयुक्त हकउपर प्राथमिकता पाउनेछ ।