दफा १३
बिक्रि वितरण गर्न र भोगाधिकार प्रदान गर्नमा प्रतिबन्ध

 (१) ट्रष्टको सम्पत्ति बिक्रि वितरण गर्न र भोगाधिकारमा प्रदान गर्न पाइने छैन ।

 (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ को प्रयोजनका लागि ट्रष्ट सञ्चालक समितिले नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति र दफा २४ सँग सम्बन्धित समितिको सहमतिमा ट्रष्टको सम्पत्ति बिक्रि वितरण गर्न सक्नेछ । 

(३) ट्रष्टको सम्पत्ति बिक्रि वितरणबाट प्राप्त रकम ट्रष्टको प्रशासनिक खर्चमा प्रयोग गर्न पाइने

छैन ।