दफा ४३
बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध
धितो लिने व्यक्ति र धितो दिने व्यक्ति बीचको सम्झौताले बहीखाता, पट्टा वा सुरक्षित बिक्री करारको बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध लगाएमा त्यस्तो सम्झौता कार्यान्वयन हुने छैन ।