दफा ११ख
बिक्री वितरण गर्न नपाइने
११ख.१ कसैले यस ऐन बमोजिम सूचित वा पञ्जीकरण नभएका बीउ बिजन बिक्री गर्न गराउन हुँदैन ।
११ख.२ उपदफा ११ख.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि कृषि अनुसन्धान प्रयोजनको लागि यस ऐन बमोजिम सूचित वा बिक्री वितरण गर्न बाधा पर्ने छैन ।