दफा २४५
बिगो असुल गर्नु पर्ने व्यक्तिको मृत्यु भएमा गर्ने

(१) बिगो असुल गर्नु पर्ने व्यक्तिको त्यस्तो बिगो असुल नहुँदै मृत्यु भएमा निजको हकको सम्पत्तिबाट बिगो असुलउपरगरिनेछ ।
(२) उपदफा (१) बमोजिम निजको हकको सम्पत्तिबाट बिगो असुल नभएमा नपुग बिगो निजको अपुताली लिने व्यक्तिबाट असुलगरिनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली लिनेबाट बिगो असुल गर्दा निजले अपुताली लिएभन्दा बढीरकमअसुल गरिने छैन ।