नियम ३२
बिगो कायम गर्ने

३२. बिगो कायम गर्ने ः

(१) निकुञ्जको वन जङ्गल नोक्सान भई ठुटासम्म भएको तर काठ फेला नपरेकोमा सोको बिगो कायम गर्नु पर्दा लोकल भोलुम टेवल प्रयोग गरी ठुटाबाट आयतन निकाली नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि ठुटा फेला नपरी काठ मात्र फेला परेमा प्राप्त काठको उपनियम (१) बमोजिम आयतन निकाली त्यसमा चालीस प्रतिशत थप गरी नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ ।