नियम ५०
बिदा माग गर्ने विधि
(१) नियम ४६ र ४७ बाहेक अन्य बिदाको निकासाको निमित्त कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची–१० को ढाँचामा बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम माग भएको बिदामध्ये देहाय बमोजिमको बिदा देहाय बमोजिमको अवधिमा स्वीकृत वा अस्वीकृत गर्नु पर्नेछ ः-
(क) घर बिदा र विरामी बिदाको हकमा सात दिनभित्र,
(ख) असाधारण बिदा, अध्ययन बिदा र बेतलवी बिदाको हकमा साठी दिनभित्र ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र बिदा स्वीकृत वा अस्वीकृतको निर्णय नभएमा सो बिदा स्वीकृत भएको मानिनेछ ।
तर यस नियमावली बमोजिम कबुलियत गर्नु पर्ने बिदाको हकमा त्यस्तो कबुलियत नगरी सम्बन्धित कर्मचारी बिदामा बस्न पाउने छैन ।
(४) देहायको कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट बिदा स्वीकृत गर्न सक्नेछ ।
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने,
(५) अध्ययन बिदाको लागि निवेदन दिंदा अरू कुराको अतिरिक्त मुख्यतः देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) आफूले अध्ययन गर्न खोजेका विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वबिदालय, संस्था वा प्रशिक्षण केन्द«मा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण र समयावधि,
(ग) समितिलाई त्यस्तो बिदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण ।