दफा ५१
बिदापछि फिरादपत्र दर्ता हुन सक्ने

(१) हदम्याद पुग्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यस्तो बिदापछि लगत्तै अदालत खुलेको पहिलो दिन फिरादपत्रदर्तागर्न सरोकारवालाले माग गरेमा अदालतले त्यस्तो फिरादपत्र दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम फिरादपत्र दर्ता भएकोमा हदम्यादभित्र नै फिरादपत्र दर्ता भएको मानिनेछ ।
स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “सार्वजनिक बिदा” भन्नाले
नेपाल
सरकार वा प्रदेशको हकमा सम्बन्धित प्रदेश सरकारले सरकारी कार्यालय वा अदालत बिदा हुने भनी सूचित गरेको पूरै
वा आधा
दिनको बिदा सम्झनु पर्छ ।
यस दफाको प्रयोजनको लागि “सार्वजनिक बिदा” भन्नाले प्रचलित कानून बमोजिम
तोकिएको सार्वजनिक बिदा
सम्झनु पर्छ।