दफा १४
बिदा
(१) महान्यायाधिवक्ताले देहाय बमोजिमका बिदाहरु पाउन सक्नेछ:-
(क) पर्व बिदा र भैपरी आउने बिदा
(ख) घर बिदा
(ग) बिरामी बिदा
(घ) किरिया बिदा
(ङ) विशेष बिदा
(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमका बिदाहरु पूरा पारिश्रमिक सहित र खण्ड (ङ) बमोजिमको बिदा आधा पारिश्रमिक सहितको हुनेछ ।
(३) महान्यायाधिवक्ताले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन लिन पाउनेछ ।
(४) महान्यायाधिवक्ताले काम गरेको अवधिको एघार दिनको एक दिनको दरले घर बिदा पाउनेछ । घर बिदा बढीमा एकसय पचास दिनसम्म संचित गरी राख्न सकिनेछ । घर बिदाको प्रयोजनको निमित्त काम गरेको अवधि कायम गर्दा भैपरी आउने बिदा र पर्व बिदा बसेको दिन र सार्वजनिक बिदाको दिन समेत काम गरेको दिनमा जोडिनेछ ।
(५) एकसय बीस दिनभन्दा बढी घर बिदा संचित हुने महान्यायाधिवक्ताले सो बढी घर बिदामध्ये प्रत्येक वर्ष चैत्र मसान्तसम्म संचित रहेको घर बिदामध्ये बढीमा तीस दिनसम्मको घर बिदा बापत निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम सोही आर्थिक वर्षको अन्त्यसम्ममा एकमुष्ट लिन सक्नेछ ।
(६) महान्यायाधिवक्ताले प्रत्येक वर्ष पन्ध्र दिनका दरले बिरामी बिदा पाउनेछ । त्यस्तो बिरामी बिदा जति पनि संचित गरी राख्न सकिनेछ । कुनै कडा रोग लागि महान्यायाधिवक्ताले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा बिरामी बिदा बाँकी नभए दुई महिनासम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप बिरामी बिदा लिईसकेपछि एक पटकमा थप चार महिनासम्म र सेवाको अवधिभरमा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको बिरामी बिदा पाउन सक्नेछ ।
तर त्यसरी पारिश्रमिक सहितको थप बिरामी बिदा लिंदा प्रत्येक दुई दिन थप बिरामी बिदा बापत एक दिनका दरले घर बिदा कट्टा गरिनेछ ।
(७) महान्यायाधिवक्ता आफै किरिया बस्नु परेमा कुल धर्म हेरी बढीमा पन्ध्र दिनसम्म किरिया बिदा पाउनेछ ।
(८) महान्यायाधिवक्ताले देहाय बमोजिम विशेष बिदा पाउन सक्नेछ:-
(क) एक पटकमा एक महिनामा नबढाई, र
(ख) सेवाको अवधिभरमा जम्मा तीन महिनामा नबढाई ।
(९) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भएमा सो पदमा वा सेवामा रहंदाको निजको संचित बिदा सम्बन्धी हक उपभोग गर्नबाट निजलाई बन्चित गरिने छैन ।
(१०) महान्यायाधिवक्ताले आफ्नो पदबाट अवकाश पाएमा उपदफा (४) र (६) बमोजिम संचित रहेको घर बिदा र बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।