नियम ८
बिदा
(१) _ नायब महान्यान्यायाधिवक्ताको बिदा महान्यायाधिवक्ताले र अन्य सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता तथा महान्यायाधिवक्ताको कार्यालयका अन्य सरकारी बकील तथा कर्मचारीको बिदा सम्बन्धित विभागीय प्रमुखले स्वीकृत गर्न सक्नेछ ।
(२) उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ताले आफ्नो कार्यालयका सरकारी वकील तथा कर्मचारीको र आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका जिल्ला न्यायाधिवक्ताको बिदा स्वीकृत गर्न सक्नेछ । (३) विशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले सो कार्यालयका सरकारी वकील तथा अन्य कर्मचारीको बिदा स्वीकृत गर्न सक्नेछ ।
(४) जिल्ला सरकारी वकील : कार्यालयको सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिबक्ताले आफ्नो कार्यालयका सरकारी वकील तथा अन्य कर्मचारीको बिदा स्वीकृत गर्न सक्नेछ ।
(५) भैपरी आउने बिदा (र पर्व बिदा विभागीय प्रमुख र सम्बन्धित सरकारी वकील कार्यालयको प्रमुख स्वयंले लिन सक्नेछ ।
(६) सार्वजनिक बिदामा बन्दीप्रत्यक्षीकरणको प्रयोजनका लागि अदालत खुला भएको अवधिमा खटिएको सरकारी वकील र अन्य कर्मचारीलाई सो अवधिको लागि निजले खाईपाई आएको तलब भत्ताको अतिरिक्त दामासाहीले प्रति दिनका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसारको थप रकम समेत प्रदान गरिनेछ ।
(७) .यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम नेपाल सरकारबाट स्वीकृत हुनु पर्ने बिदाको हकमा सोही बमोजिम हुनेछ ।