नियम १३१
बिमाको व्यवस्था
(१) व्यवस्थापिका–संसद सेवामा नियुक्ति भई सचिवालयमा कार्यरत न्यूनतम पाँच वर्ष सेवा अवधि बाँकी रहेका स्थायी कर्मचारीहरूको सेवा अवधिभर एक पटकमा नबढाई बिमा गरिनेछ । त्यस्तो बिमा कर्मचारीको उमेर ६० वर्षको अवधिसम्म मात्र गरिनेछ ।
(२) कुनै कर्मचारी सेवामा छदै मृत्यु भएमा वा निवृत्तभरण प्राप्त हुने अवस्थाको कुनै कर्मचारीले राजिनामा दिई अवकाश प्राप्त गरेमा वा ऐनको दफा ४५ वा दफा ४८ बमोजिम अवकाश प्राप्त गर्ने राजपत्राङ्कित कर्मचारीलाई तीन लाख रूपैयाँ र राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीलाई दुई लाख पचास हजार रूपैयाँ विमावापत पाउने गरी विमा गरिने छ ।
(३) कर्मचारीहरुको विमाबापत लाग्ने बार्षिक प्रिमियमको सम्पूर्ण रकम सचिवालयले व्यहोर्नेछ ।
(४) बिमा परिपक्व नभएको अवस्थामा कुनै कर्मचारी कुनै पनि कारणले सेवाबाट अलग भएमा समर्पण मूल्यको सम्पूर्ण रकम सम्बन्धित कर्मचारीले एकमुष्ट प्राप्त गर्नेछ । तर त्यसरी सेवाबाट अलग हुने व्यक्तिले चाहेमा प्रिमियम बापतको सम्पूर्ण रकम आपैmले व्यहोर्ने गरी बिमालाई निरन्तरता दिन सक्नेछ ।