दफा २१
बिलासिता शुल्क
- (१) नेपालमा उपभोग हुने देहायका विलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिनेछः-
(क) पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, (ख) आयातित मदिरा,
(ग) दश लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना ।
(२) देहाय बमोजिमको व्यक्तिले उपदफा (१) बमोजिमको दरले
विलासिता शुल्क लगाई असुल गर्नु पर्नेछः-
(क) पाँच तारे र सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत,
(ख) आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत,
(ग) दश लाख करूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य. धातुका गरगहना बिक्रेताले बिक्रीका बखत।
(३) उपदफा (२) बमोजिम विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको: पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र उपदफा (२) बमोजिमको कुनै व्यक्तिले विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।
(५) उपदफा (२) बमोजिमको कुनै व्यक्तिले उपदफा (३) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्नेछ।
(६) उपदफा (२) बमोजिमको व्यक्तिले उपदफा (१) बमोजिमको विलासिता शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशत शुल्क लाग्नेछ।
(७) विलासिता शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।