नियम ८३
बिवाद निरूपण समितिको गठन
: (१) ऐनको दफा १४३

बमोजिमको विवाद निरूपण समितिको गठन देहाय बमोजिम हुनेछ :- (क) रजजिष्टारले तोकेको व्यक्ति - संयोजक (ख) राष्ट्रिय सहकारी महासङ्घको प्रतिनिधि - सदस्य (ग) राष्ट्रिय सहकारी विकास बोर्डको

प्रतिनिधि - सदस्य (२) उपनियम (१) बमोजिमको समितिले विवादसँग सम्बन्धित सहकारी संस्थाका एक एक प्रतिनिध्चिहरूलाई बैठकमा आमन्त्रण गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको समितिले आफ्नो कार्यविधि आफैँ तय गर्न सक्नेछ ।