नियम ११
बीउ बिजनको अनुमोदन र उन्मोचन र दर्ता
(१) प्रजनकले नयाँ जातको बीउ बिजनको अनिवार्य रुपमा अनुमोदन, उन्मोचन र दर्ता गराउनु पर्नेछ ।
(२) नयाँ जातको बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता गराउन चाहने प्रजनकले त्यस्तो बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता गराउन (क) वा (ख) बमोजिमको ढाँचामा जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पर्न आएको निवेदन उपर जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिले देहाय बमोजिमको कार्यविधि अपनाई नयाँ जातको बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ताको लागि सिफारिश गर्नेछः–
(क) समितिले निर्धारण गरे बमोजिम बीउ बिजनको विशिष्टता, एकरुपता र स्थायित्व भए नभएको जाँच गर्ने र आवश्यकतानुसार बीउ बिजनको परीक्षण समेत गरी सर्वसाधारणको जानकारीमा ल्याउने,
(ख) खण्ड (क) बमोजिम परीक्षण गरी आवश्यकता अनुसार सम्ब.न्धित निकाय समक्ष पठाउने,