दफा २६
बीमा गराउनु पर्ने
: (१) यस ऐन बमोजिम वैदेशिक रोजगारमा गएको कामदार जुनसुकै समयमा जुनसुकै कारणले मृत्यु भएमा वा अङ्गभङ्ग भएमा त्यसको क्षतिपूर्ति पाउने गरी कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि इजाजतपत्रवालाले प्रत्येक कामदारको करार अवधिभर कायम रहने गरी कम्तीमा पाँच लाख रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(२) दफा २१ बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने व्यक्तिले समेत आफू वैदेशिक रोजगारमा जानुअघि उपदफा (१) मा उल्लिखित रकम बराबरको बीमा गराउनु पर्नेछ ।
(३) बीमा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।