दफा ३२
बीमा
: ठेकेदारले सम्झौता अवधिभरका लागि अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगको प्रचलन अनुकूलको जोखीम र रकमको बीमा गरी राख्नुको साथै विभाग र ठेकेदारले आपसमा मञ्जुर गरेबमोजिमका शर्तमा थप बीमा समेत गर्नेछ । विभाग र ठेकेदारले वर्षैपिच्छे बीमा कार्यक्रमको पुनरावलोकन गर्नेछन् र विभागले तोकिदिएबमोजिम त्यस्तो बीमा कार्यक्रममा हेरफेर गरिनेछ । त्यसरी बीमा गरेको प्रमाण विभागले मागेमा मनासिब समयभित्र ठेकेदारले विभागलाई उपलब्ध गर्नेछ ।