दफा १८
बुझी नलिए थुनाबाट मुक्त गर्ने

दफा १४ को उपदफा (४) बमोजिम जिल्ला अदालतको आदेशले थुनामा रहेको अभियुक्त वा कसूरदारलाई बुझिलिनको लागि नेपाल सरकारले सूचना दिएको मितिले तीस दिनभित्र माग गर्ने राज्यले बुझी नलगेमा अदालतले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई मन्त्रालयले थुनाबाट मुक्त गर्नु पर्नेछ ।