दफा ९५
बुझ्न नआएको वस्तु वा रकम
दाबी वा दायित्वको विवरण अनुसार आफ्नो रकम वा वस्तु फिर्ता लिन यस परिच्छेद बमोजिम सूचना दिइएकोमा तोकिएको समयमा त्यस्तो रकम वा वस्तु फिर्ता लिन सम्बन्धित व्यक्ति नआएमा त्यस्तो वस्तु वा रकम राष्ट्र बैंकले निर्देशन दिए बमोजिम लिक्विडेटर वा अन्य निकायको जिम्मामा राख्नु पर्नेछ ।