दफा
बूढानीलकण्ठ क्षेत्र विकास समितिको गठन

३. बूढानीलकण्ठ क्षेत्र विकास समितिको गठन

(१) बूढानीलकण्ठको सामाजिक, आर्थिक, धार्मिक र साँस्कृतिक विकास गर्न बूढानीलकण्ठ क्षेत्र विकास समिति नामक एउटा समितिको गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–

(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) बूढानीलकण्ठ क्षेत्रसंग सम्बन्धित समाजसेवी, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेका
पाँच जना व्यक्तिहरू – सदस्य
(ग) प्रतिनिधि, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(च) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(छ) प्रतिनिधि, गृह मन्त्रालय – सदस्य
(ज) प्रतिनिधि, भूमिसुधार तथा व्यवस्था मन्त्रालय – सदस्य
(झ) प्रतिनिधि, आवास तथा भौतिक योजना मन्त्रालय – सदस्य
(ञ) प्रतिनिधि, शिक्षा मन्त्रालय – सदस्य
(ट) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य
(ठ) प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नंं. ३ – सदस्य
(ड) प्रतिनिधि, काठमाडौं महानगरपालिका – सदस्य
(ढ) अध्यक्ष, विष्णु बूढानीलकण्ठ गाउँ विकास समिति – सदस्य
(ण) कार्यकारी निर्देशक – सदस्य–सचिव

(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।